२०८३ साउन १० आइतबार

न्यू अपग्रेडेड डोमिनार ४०० सार्वजनिक, यस्ता छन् फिचरहरु

ई आर्थिक    आइतबार, फाल्गुन ३ २०८२
3.6K
Shares
न्यू अपग्रेडेड डोमिनार ४०० सार्वजनिक, यस्ता छन् फिचरहरु

काठमाडौं । बजाज अटोको आधिकारिक वितरक बजाज नेपालले अल–न्यू अपग्रेडेड डोमिनार ४०० सार्वजनिक गरेको छ। फागुन १ गते काठमाडौंस्थित बाइकर क्याफेमा आयोजित भव्य कार्यक्रममा नयाँ मोडल औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

कार्यक्रममा राइडर, इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। लन्च कार्यक्रममा अपग्रेडेड डोमिनार ४०० का नयाँ तथा उन्नत फिचरहरू प्रस्तुत गरिएको थियो।

मुख्य आकर्षणका रूपमा ‘मनाङ एक्सप्लोरर राइड’ प्रिमियर गरिएको थियो, जसले डोमिनार ४०० को लामो दूरी यात्रा क्षमता तथा कठिन भूगोलमा उत्कृष्ट प्रदर्शन क्षमतालाई उजागर गरेको आयोजकले जनाएको छ।

आधुनिक प्रविधिसहित उन्नत फिचर

अल–न्यू अपग्रेडेड डोमिनार ४०० मा डट म्याट्रिक्स डिस्प्लेसहितको डिजिटल कन्ट्रोल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी तथा टर्न–बाइ–टर्न नेभिगेसन, राइड–बाइ–वायर प्रणालीसहित चार राइड मोड, ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल लेभर तथा हजार्ड लाइट प्रणाली जस्ता आधुनिक फिचर समावेश गरिएको छ। कम्पनीका अनुसार यी प्रविधिले सुरक्षा तथा राइडिङ अनुभवलाई थप उत्कृष्ट बनाउनेछ।

उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियासहित कार्यक्रम सम्पन्न भएको बताउँदै बजाज नेपालले आधुनिक प्रविधिसहित प्रदर्शन–केन्द्रित मोटरसाइकल उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।

सार्वजनिकरणपछि ग्राहकहरूले फागुन ४ देखि ८ गतेसम्म आयोजना हुने टेस्ट राइडमार्फत नयाँ डोमिनार ४०० नजिकबाट अनुभव गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij