२०८३ भाद्र ३० मंगलबार

भक्तपुरलाई स्वास्थ्य–शिक्षाको केन्द्र बनाउने महेश बस्नेतको प्रतिबद्धता

ई आर्थिक    शुक्रबार, फाल्गुन १ २०८२
2.6K
Shares
भक्तपुरलाई स्वास्थ्य–शिक्षाको केन्द्र बनाउने महेश बस्नेतको प्रतिबद्धता

भक्तपुर । नेकपा (एमाले) का सचिव तथा भक्तपुर निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले भक्तपुरलाई स्वास्थ्य र शिक्षा क्षेत्रमा अझ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

आज आयोजित एक कार्यक्रममा बोल्दै उनले अबको प्राथमिकता भक्तपुरमै स्वास्थ्य जनशक्ति उत्पादन गर्ने आधार तयार गर्नु रहेको बताए। पछिल्लो समय भक्तपुरमा अस्पताल, स्वास्थ्य संस्था र सेवा विस्तारका कारण उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै उनले जिल्लालाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउने दिशामा अघि बढाइने बताए।

‘भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना गर्ने योजना

बस्नेतले ‘भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना गरी गुणस्तरीय डाक्टर, नर्स तथा प्राविधिक जनशक्ति उत्पादन गर्ने योजना अघि बढाइने जानकारी दिए। यस अभियानले भक्तपुरलाई स्वास्थ्य शिक्षाको केन्द्रका रूपमा स्थापित गर्ने उनको विश्वास छ।

‘भक्तपुर सांस्कृतिक विश्वविद्यालय’ स्थापनाको संकल्प

शिक्षा क्षेत्रतर्फ पूर्वाधार निर्माण र गुणस्तरीय विद्यालय तथा कलेज विस्तारका कारण भक्तपुर देशकै अग्रणी शिक्षित जिल्लामध्ये एक बन्न सफल भएको दाबी गर्दै उनले अब शिक्षा, कला, संस्कृति र सम्पदालाई समेटेर नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिइएको बताए।

सूर्यविनायक, मध्यपुर थिमी, भक्तपुर र चाँगुनारायण नगरपालिकाको भावना समेटेर ‘भक्तपुर सांस्कृतिक विश्वविद्यालय’ स्थापना गर्ने संकल्प व्यक्त गर्दै उनले यसले कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने विश्वास व्यक्त गरे।

उनले मंसिर २१ गते हुने निर्वाचनमा एमालेका पक्षमा मतदान गर्न आग्रह गर्दै विकास र समृद्धिको यात्रालाई अझ सशक्त बनाउन सबैको साथ आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij