२०८३ भाद्र ३१ बुधबार

बाजेको सेकुवाको २६औँ शाखा धनगढीमा

ई आर्थिक    शुक्रबार, फाल्गुन १ २०८२
1.6K
Shares
बाजेको सेकुवाको २६औँ शाखा धनगढीमा

ई–आर्थिक, काठमाडौं । नेपाली मौलिक स्वादको ४८ वर्षे गौरवमय विरासत बोकेको बाजेको सेकुवाले धनगढीको हसनपुर-०५ (जेनजी मार्गको अगाडि) मा आफ्नो २६औँ शाखा सञ्चालनमा ल्याएको छ। यस नयाँ शाखाको विस्तारसँगै बाजेको सेकुवाको चर्चित मौलिक स्वाद अब सुदूरपश्चिम प्रदेशमा पनि उपलब्ध भएको छ।

आफ्नो सिग्नेचर सेकुवा, छोयला, खाजा सेट र दाउराको आगोमा पकाइएका परम्परागत स्वादहरूका लागि प्रख्यात यस ब्रान्डले सांस्कृतिक सम्पदा र आधुनिक सुविधाको संगमलाई ध्यानमा राख्दै ग्राहकहरूलाई न्यानो र पारिवारिक वातावरण प्रदान गर्नेछ।

नेपालको समृद्ध खानपान परम्परालाई जगेर्ना गर्ने, गुणस्तरीय सेवा दिने र स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्ने आफ्नो प्रतिबद्धतालाई यस विस्तारले थप मजबुत बनाएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij