२०८३ साउन १२ मंगलबार

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

ई आर्थिक    बिहिबार, माघ २२ २०८२
1.4K
Shares
बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं ।  नेपाल प्रहरीले बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ गरेको  छ ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका-१ घर भएकी ३६ वर्षीया कुमारी तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

कुमारीले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij