२०८३ साउन १० आइतबार

नेपाल सरकारको खर्च ६ खर्ब ९० अर्ब नजिक, राजस्व परिचालन ५ खर्ब ७७ अर्बमा

ई आर्थिक    सोमबार, माघ १९ २०८२
2.2K
Shares
नेपाल सरकारको खर्च ६ खर्ब ९० अर्ब नजिक, राजस्व परिचालन ५ खर्ब ७७ अर्बमा

काठमाडौं ।  आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपाल सरकारको कुल खर्च रु. ६ खर्ब ९० अर्ब २२ करोड पुगेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार समीक्षा अवधिमा चालु खर्च रु. ४ खर्ब ८७ अर्ब १४ करोड, पुँजीगत खर्च रु. ४९ अर्ब ४३ करोड र वित्तीय व्यवस्थाका लागि खर्च रु. १ खर्ब ५३ अर्ब ६५ करोड रहेको छ।

त्यसैगरी, नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश र स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु. ५ खर्ब ७७ अर्ब ४० करोड पुगेको छ। यसमध्ये कर राजस्व रु. ५ खर्ब १६ अर्ब १२ करोड र गैर–कर राजस्व रु. ६१ अर्ब २८ करोड रहेको छ।

नेपाल सरकारको नगद मौज्दात पनि उल्लेखनीय रूपमा बढेको छ। पुस मसान्तसम्म सरकारका विभिन्न खातामा रु. ३ खर्ब ४६ अर्ब ३७ करोड नगद मौज्दात रहेको छ, जुन असार मसान्तमा रहेको रु. १ खर्ब ४९ अर्ब ८३ करोडको तुलनामा धेरै बढी हो।

प्रदेश सरकारको खर्च र स्रोत परिचालन

समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च रु. ३९ अर्ब ८७ करोड र कुल स्रोत परिचालन रु. ९१ अर्ब ५४ करोड रहेको छ। यसमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र बाँडफाँट हुने राजस्व रु. ६९ अर्ब ३३ करोड र प्रदेश सरकारले परिचालन गरेको वा अन्य स्रोतबाट प्राप्त राजस्व रु. २१ अर्ब ८३ करोड समावेश छ।

नेपाल सरकार र प्रदेश सरकारको खर्च तथा राजस्व सम्बन्धी तथ्याङ्कले देशको आर्थिक र वित्तीय स्थिति दुवै मजबुत हुँदै गएको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij