२०८३ साउन ११ सोमबार

चालु खाता र शोधनान्तर स्थितिमा सुधार,चालु खाता ४२९ अर्बले बचतमा, शोधनान्तर ५०१ अर्ब नाघ्यो

ई आर्थिक    सोमबार, माघ १९ २०८२
2.2K
Shares
चालु खाता र शोधनान्तर स्थितिमा सुधार,चालु खाता ४२९ अर्बले बचतमा, शोधनान्तर ५०१ अर्ब नाघ्यो

काठमाडौं ।  चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालको चालु खाता उल्लेखनीय रूपमा सुधारिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा चालु खाता रु. ४२९ अर्ब ९१ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. १६५ अर्ब ६७ करोडले मात्र बचतमा रहेको थियो।

अमेरिकी डलरमा गणना गर्दा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २३ करोड डलरले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ३ करोड डलरले बचतमा पुगेको छ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु. १० अर्ब ७६ करोड रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु. ४ अर्ब २९ करोडको तुलनामा वृद्धि हो। यसैगरी, समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु. ८ अर्ब १७ करोड भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रु. ६ अर्ब ४८ करोड रहेको थियो।

यस्तै, समीक्षा अवधिमा देशको शोधनान्तर स्थिति रु. ५०१ अर्ब २४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. २४९ अर्ब २६ करोडले बचतमा रहेको थियो।

अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष १ अर्ब ८५ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब ५४ करोड डलरले बचतमा पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु खाता र शोधनान्तर दुवै सूचकमा आएको यो सुधारले मुलुकको बाह्य आर्थिक अवस्था थप सुदृढ हुँदै गएको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij