काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ।
केन्द्रीय समितिको निर्णयअनुसार उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको हो।
पार्टीले निर्वाचनमार्फत स्पष्ट जनादेश प्राप्त गरी सक्षम सरकार निर्माण र देशको समग्र विकासलाई अघि बढाउने लक्ष्य लिएको जनाएको छ। समितिमा सातै प्रदेशबाट प्रतिनिधित्व रहने गरी जिम्मेवारी तोकिएको छ।
त्यसैगरी निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन रास्वपाले आन्तरिक, प्रशासनिक र सञ्चार समन्वयसम्बन्धी तीन विशेष उपसमिति पनि गठन गरेको छ। प्रदेश, जिल्ला र निर्वाचन क्षेत्र स्तरमा समेत समिति गठन गरी अभियानलाई व्यवस्थित बनाइने पार्टीले जनाएको छ।

