२०८३ साउन ९ शनिबार

एक्सेल डेभलपमेण्ट बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

ई आर्थिक    सोमबार, माघ १२ २०८२
12.1K
Shares
एक्सेल डेभलपमेण्ट बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

काठमाडौं ।  एक्सेल डेभलपमेण्ट बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

एक्सेल डेभलपमेण्ट बैंक लिमिटेड.,रामपुर शाखा, उदयपुरद्धारा सरस्वती पुजाको अवसरमा श्री प्रकाश काफ्ले आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

कोशी प्रदेश, वेलका नगरपालिका २०८२ माघ ०९ गते – एक्सेल डेभलपमेण्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रम अन्तर्गत वेलका नगरपालिका –८ अन्तर्गत श्री प्रकाश काफ्ले आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा हस्तान्तण गरेको हो ।

उक्त कार्यक्रममा विद्यालयको अध्यक्ष भरत यादव र विद्यालयको प्रधानाध्यापक प्रमिला थापाले बैंकको यस कार्यप्रति धन्यवाद प्रकट तथा खुसी व्यक्त गर्नु भयो ।

यस कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा, तथा समाजसेवीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

न्यानो कपडा वितरण कार्यक्रमसँगै बैंकले अन्य थुप्रै सामाजिक उत्तरदायित्व कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ। बैंकले शिक्षा, स्वास्थ्य, तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

प्रादेशिक विकास बैंकको रुपमा झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी, पॉचथर, उदयपुर, संखुवासभा र धनकुटा जिल्लाका विभिन्न ४७ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरु साथै तीनवटा एटीएम मार्फत ग्राहकहरु समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

साथै बैंकले आफ्नो सेवा विस्तार गर्दै कोशी प्रदेश कार्यक्षेत्रभित्रका अन्य जिल्लाहरुमा समेत थप नयाँ शाखाहरु स्थापना गर्ने लक्ष्य लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij