२०८३ साउन १० आइतबार

गगन थापा निर्वाचन क्षेत्र सर्लाही–४मा, सिमरा विमानस्थलमा भव्य स्वागत

ई आर्थिक    सोमबार, माघ १२ २०८२
1.6K
Shares
गगन थापा निर्वाचन क्षेत्र सर्लाही–४मा, सिमरा विमानस्थलमा भव्य स्वागत

काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन कुमार थापा आज आफ्नाे निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका छन्। सभापति थापाको सचिवालयका अनुसार उनी सिमरा हुँदै सर्लाही पुगेका हुन्।

वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थापा निर्वाचन प्रक्रिया पछि पहिलोपटक प्रत्यक्ष रूपमा आफ्नो निर्वाचन क्षेत्रमा पुगेका हुन्। सिमरा विमानस्थलमा उनलाई दुबोको माला लगाएर कार्यकर्ता तथा समर्थकहरूले भव्य स्वागत गरेका थिए।

स्वागत कार्यक्रममा सहभागीहरूले “अबकी बार गगन सरकार” लगायतका नारा लगाउँदै उत्साह प्रकट गरेका थिए। थापाको आगमनसँगै स्थानीय काँग्रेस कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति देखिएको थियो।

सभापति थापा सर्लाही बसाइँका क्रममा पार्टी कार्यकर्ता, नेता तथा स्थानीय जनप्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij