२०८३ साउन ११ सोमबार

नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी सहमति

ई आर्थिक    आइतबार, माघ ११ २०८२
3.6K
Shares
नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी सहमति

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी सहमति भएको छ।

सहमति अनुसार, पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार संदीप पुन को पक्षमा आँखा चिन्हमा मतदान गर्न एमालेले आफ्नो समर्थन दिनेछ।

त्यस्तै, कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्लाहरु तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरुमा एमालेका उम्मेदवारहरुको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टी मतदान गर्नेछ।

दुबै पार्टीले यस सहमति कार्यान्वयन गर्न आ–आफ्ना आन्तरिक पंक्तिलाई तत्काल निर्देशन दिने प्रतिबद्धता जनाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोब ले सहमति–पत्रमा हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij