२०८३ भाद्र ३१ बुधबार

राष्ट्रिय सभाका १८ सदस्य चयनका लागि सातै प्रदेशमा मतदान जारी

ई आर्थिक    आइतबार, माघ ११ २०८२
4.4K
Shares
राष्ट्रिय सभाका १८ सदस्य चयनका लागि सातै प्रदेशमा मतदान जारी

काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सदस्य पद पूर्तिका लागि आज सातै प्रदेशमा मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० गतेदेखि सकिँदैछ। तीमध्ये कोशी प्रदेशबाट नेपाली काँग्रेसका उम्मेदवार सुनिलबहादुर थापा भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी १८ पदका लागि विभिन्न प्रदेशमा मतदान भइरहेको हो।

निर्वाचनमा प्रदेश सभा सदस्यहरू तथा गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू मतदाता रहने व्यवस्था छ। राष्ट्रिय जनगणना २०७८ का आधारमा कायम गरिएको नयाँ मतभारअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रमुख/उपप्रमुखको १९ निर्धारण गरिएको छ।

यस निर्वाचनमा प्रमुख राजनीतिक दल नेपाली काँग्रेस र नेकपा (एमाले) बीच गठबन्धन भएको छ भने अन्य दलहरूले पनि आ–आफ्ना उम्मेदवार मैदानमा उतारेका छन्। मतदान सम्पन्न भएपछि सोही दिन मतगणना हुने निर्वाचन आयोगले जनाएको छ।

यो निर्वाचनमार्फत संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले पूर्णता पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij