काठमाडौं। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ।
आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय औपचारिक रूपमा गर्ने जनाइएको छ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेस स्पष्ट नेतृत्वसहित निर्वाचनमा जाने रणनीतिमा छ। विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजै पदबहाली गर्दै बैठक सुरु गर्ने कार्यक्रम छ।
यस निर्वाचनका लागि एमालेले केपी शर्मा ओली र रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइसकेका छन्।