२०८३ साउन ९ शनिबार

डिप्रोक्स लुघुवित्तको सहयोगमा व्यावसायिक गाई–कुखुरा पालन तालिम प्रदान

ई आर्थिक    बिहिबार, माघ ८ २०८२
8.2K
Shares
डिप्रोक्स लुघुवित्तको सहयोगमा व्यावसायिक गाई–कुखुरा पालन तालिम प्रदान

सुनसरी, दुहवी ।  पशु सेवा तालिम केन्द्र र डिप्रोक्स लुघुवित्त वित्तीय संस्थाको व्यवस्थापनमा झापा र मोरङका ग्रामीण सदस्यहरूलाई व्यावसायिक पशुपालन तालिम प्रदान गरिएको छ।

झापा जिल्लाको गरामुनी शाखाका ६ जना गाई पालन गर्ने सदस्यहरुलाई पौष १७ देखि १९ गतेसम्म स्थलगत गाई पालन तालिम दिइएको थियो। त्यस्तै, मोरङ जिल्लाको दुर्गापुरी शाखाका कुखुरा पालक सदस्यहरुलाई पौष १८ देखि २० गतेसम्म स्थलगत कुखुरा पालन तालिम प्रदान गरिएको थियो।

उक्त तालिम मार्फत ग्रामीण महिला सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने र व्यावसायिक पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ। तालिममा सहभागी सदस्यहरुको दीर्घकालीन आय वृद्धि हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij