२०८३ साउन १२ मंगलबार

सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा आकर्षक क्यासब्याक अफर

ई आर्थिक    बिहिबार, माघ ८ २०८२
2.9K
Shares
सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा आकर्षक क्यासब्याक अफर

काठमाडौं।  सानिमा बैंकले बिगमार्ट क्यासब्याक योजनाको समय थप गरेको छ। बैंकले योजनाको अवधि २०८३ साल असारसम्मका लागि थप गरेको हो।

योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकहरूले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्मको क्यासब्याक पाउने व्यवस्था गरिएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ।

सानिमा बैंकले देशका ७ वटै प्रदेशमा रहेका १ सय ३४ वटा शाखा-सञ्जाल तथा १ सय २८ वटा एटीएम बुथमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij