काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा आगामी साता मधेश प्रदेशका विभिन्न जिल्लाको दौडाहामा निस्कने भएका छन्। थापा सचिवालयका अनुसार उनको यात्रा पर्साबाट सुरु भई सप्तरीसम्म पुग्नेछ।
यस क्रममा थापाले सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा चुनावी अभियानअन्तर्गत विभिन्न भेटघाट तथा कार्यक्रम गर्नेछन्।
पार्टी संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारी केन्द्रित रहेको यो दौडाहालाई महत्वका साथ हेरिएको छ।