२०८३ साउन ११ सोमबार

डा. संगिता मिश्रासंग विशेष अदालतले माग्यो ५ लाख धरौटी

ई आर्थिक    बुधबार, माघ ७ २०८२
2.4K
Shares
डा. संगिता मिश्रासंग विशेष अदालतले माग्यो ५ लाख धरौटी

काठमाडौँ ।  विशेष अदालतले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक तथा पूर्वस्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रालाई ५ लाख रुपैयाँ धरौटीमा मागेको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पछि ठहरेबमोजिम हुने गरी पुर्पक्षका लागि धरौटीमा छाड्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ मा म्यामोग्राफी मेसिन खरिदमा ठेकेदारसँग मिलेमतो गरी अस्वाभाविक लागत अनुमान बनाइएको, झुट्टा बिल र गलत प्रतिवेदनमार्फत भुक्तानी गरिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगले ठेक्का सम्झौता विपरीत सामग्री नआउँदै भुक्तानी गरिएको दाबी गर्दै करिब १४ करोड रुपैयाँ बिगो माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij