काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस युवा नेता कबिर शर्मा उम्मेदवार भएका छन् ।
नेपाली कांग्रेसले काठमाडौँ निर्वाचन क्षेत्र नं. २ का लागि प्रतिनिधि सभाको उम्मेदवारको रूपमा चयन गरेकोमा युवा नेता कबिर शर्माले आफ्नो हृदयदेखि आभार व्यक्त गरे ।
“मलाई यो जिम्मेवारी काठमाडौँ–२ का सम्पूर्ण बुवाआमा, दिदीबहिनी, दाजुभाइ र युवाहरूको आशा, आम नागरिकको भरोसा र परिवर्तनप्रतिको हुटहुटीलाई संसदसम्म पुर्याउने एउटा गम्भिर जिम्मेवारीको रूपमा लिएको बताए ।
कबिर शर्माले थपे, “मलाई यो जिम्मेवारी प्रदान गर्न दिनरात नभनी अहोरात्र खटिने आदरणीय नेतागण, अग्रज, साथीहरू र शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु।”
उनले आफ्नो राजनीतिक यात्रा सुसंस्कृत र नैतिक राजनीतिमा आधारित रहने प्रतिवद्धता व्यक्त गर्दै भनेका छन्, “हामीले चाहेको विकास निषेधको राजनीतिबाट होइन, सबैलाई समेट्ने सहकार्यको राजनीतिबाट मात्र सम्भव छ। ओझेलमा परेको क्षेत्र नं. २ को विकासलाई राज्यको मूलधारमा ल्याउनु मेरो पहिलो प्राथमिकता हुनेछ।”
शर्माले आफ्नो अनुभवलाई ऊर्जा मान्दै आगामी निर्वाचनलाई नयाँ अवसरको रूपमा लिन लागेको बताएका छन्। उनले जनता समक्ष आफ्नो प्रतिवद्धता व्यक्त गर्दै सबैलाई फागुन २१ मा ‘चारतारे झण्डा’ र ‘रुख’ चिन्हको विजयका लागि एकत्रित हुन आह्वान गरेका छन्।
कबिर शर्मा नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौँ–२ का उम्मेदवार हुन् ।