२०८३ साउन ११ सोमबार

मञ्जुश्री फाइनान्सको नाफा बढ्यो, खुद नाफा १३.५३ करोड रुपैयाँ

ई आर्थिक    बुधबार, माघ ७ २०८२
3.3K
Shares
मञ्जुश्री फाइनान्सको नाफा बढ्यो, खुद नाफा १३.५३ करोड रुपैयाँ

काठमाडौँ ।  मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको पहिलो छ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, फाइनान्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशत वृद्धि भई १३ करोड ५३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

फाइनान्सको खुद नाफा वृद्धि मुख्यत: खुद ब्याज आम्दानी र गैर सञ्चालन आम्दानीमा भएको वृद्धि संग सम्बन्धित छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी १३.८७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २.०३ प्रतिशत घटेको छ।

त्यस्तै, कुल सञ्चालन आम्दानी १२.६४ प्रतिशत वृद्धि भए तापनि सञ्चालन मुनाफा ११.५४ प्रतिशत घटेको छ।

पुस मसान्तसम्म फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा रहेको छ। नाफा वृद्धि संगै प्रतिशेयर आम्दानी पनि बढेर २ रुपैयाँ ७१ पैसा वृद्धि भई २० रुपैयाँ ३ पैसा पुगेको छ। मूल्य आम्दानी अनुपात ३९.८९ गुणा र प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा कायम भएको छ।

१ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म फाइनान्सले २२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij