२०८३ साउन ११ सोमबार

कांग्रेस सभापति थापाले गराए वारेसमार्फत सर्लाही–४ मा उम्मेदवारी दर्ता

ई आर्थिक    मंगलबार, माघ ६ २०८२
3.4K
Shares
कांग्रेस सभापति थापाले गराए वारेसमार्फत सर्लाही–४ मा उम्मेदवारी दर्ता

जनकपुरधाम ।  नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट वारेसमार्फत प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा पार्टीको टिकट वितरण तथा आन्तरिक काममा व्यस्त रहेकाले थापाले आफैं उपस्थित नभई वारेसमार्फत मनोनयन दर्ता गराएका हुन्। उनका तर्फबाट प्रदेशसभा सदस्य वीरेन्द्र सिंह समर्थकहरूसहित क्षेत्र नम्बर ४ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर आवश्यक प्रक्रिया पूरा गरेका थिए।

यसै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अमरेशकुमार सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन्। यस्तै जनता समाजवादी पार्टीबाट रामेश्वर राय र नेकपाबाट डा. रजनीश रायले मनोनयन दर्ता गराइसकेका छन्।

सर्लाही–४ मा प्रमुख दलका प्रभावशाली उम्मेदवारहरू मैदानमा उत्रिएपछि निर्वाचन प्रतिस्पर्धा चर्किने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij