काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि १५ हिमाली जिल्लामा आफ्नो उम्मेदवारको टुंगो लगाएको छ। यद्यपि, सबै उम्मेदवारको नाम अहिलेसम्म सार्वजनिक भएको छैन।
एक नेताले बताएअनुसार, त्रिपक्षीय कार्यदलले उम्मेदवारको नाम तय गरेको हो। उनका अनुसार, संसदीय बोर्डको बैठक हाल स्थगित भएको छ र दिउँसो ४ बजे फेरि बसेर बाँकी उम्मेदवारको नाम अनुमोदन गरिनेछ।
अन्य जिल्लाका उम्मेदवारको नाम ४ बजेपछि मात्र सार्वजनिक गरिने बताइएको छ।