काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको २४ औँ वार्षिक साधारण सभा बुधबार ललितपुरस्थित प्रधान कार्यालय, गुहेश्वरी भवन, पुल्चोकमा सम्पन्न भएको छ। सभामा आ.व. २०८१÷८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आषाढ मसान्तसम्मको वासलात तथा नाफा-नोक्सानको विवरण प्रस्तुत गरी सर्वसम्मत पारित गरिएको छ।
संस्थाले व्यक्तिगत खाताधारकका लागि रु. ५ लाखसम्मको निक्षेप बीमा व्यवस्था गर्दै विभिन्न वित्तीय सेवा–सेवाहरू जस्तै ऋण सुविधा, भुक्तानी सेवा, विप्रेषण, रेमिटेन्स सेवा, व्यवसायिक वित्तीय सेवा लगायत उपलब्ध गराउँदै आएको जनाएको छ।
प्रमुख कार्यकारी अधिकृत श्री तोयराज अधिकारीले संस्थाले हाल २३ शाखा र ४ विस्तारित काउन्टरमार्फत ग्राहकलाई आधुनिक र प्रभावकारी सेवा दिँदै आएको र भविष्यमा अझ सरल, सुलभ र उत्कृष्ट सेवाहरू प्रदान गर्न पहल जारी रहने बताए।