२०८३ साउन १० आइतबार

राजनीतिक एसएमएस सेवा प्रवाह नगर्न सेवा प्रदायकलाई अनुरोध

ई आर्थिक    मंगलबार, पौस २९ २०८२
1.7K
Shares
राजनीतिक एसएमएस सेवा प्रवाह नगर्न सेवा प्रदायकलाई अनुरोध

काठमाडौं । नेपाल टेलिकमले आफ्नो भीएएस( VAS (Value Added Services) प्रणालीमार्फत एसएमएस( SMS)  सेवा सञ्चालन गर्ने केही सेवा प्रदायकहरूले व्यापारिक उद्देश्य भन्दा फरक राजनीतिक वा विवादास्पद सन्देश मोबाइल प्रयोगकर्तामा पठाइरहेको पाइएको भन्दै सबै सेवा प्रदायकको ध्यानाकर्षण गराएको छ।

टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार, सेवाग्राहीबाट गुनासो प्राप्त भएपछि सम्बन्धित सेवा प्रदायकलाई जातीय, धार्मिक, वर्गीय वा राजनीतिक रूपमा विवादास्पद सन्देश नपठाउने अनुरोध गरिएको छ।

“नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत नम्बर वा विवरण उपलब्ध गराउँदैन। VAS सेवा केवल व्यापारिक प्रवर्द्धनका लागि स्वीकृत गरिएको हो,” उनले भने।

प्रवक्ता मानन्धरले आगामी दिनमा पनि यस्तो सन्देश सर्वसाधारणको मोबाइलमा नपठाइने सुनिश्चित गर्दै, सेवाग्राहीको गोपनियताप्रति संवेदनशीलता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij