काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०८२ पौष २८ गते सोमबार २४ औं वार्षिक साधारण सभा चितवनको सौराहामा सम्पन्न गरेको छ।
साधारण सभाले आ.ब. २०८१/८२ को बार्षिक प्रतिवेदन पारित गरी आ.ब. २०८१/ ८२ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू सँगै शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। बोनस शेयर पश्चात यस संस्थाको चुक्ता पँुँजी रु. २ अर्व ५ करोड ५१ लाख १४ हजार पुगेको छ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २४ औं वार्षिक साधारण सभामा आ.ब. २०८१/८२ को बार्षिक प्रतिवेदनमा सहभागी शेयरधनीहरूले राख्नुभएका जिज्ञासाहरूको अध्यक्षले स्पष्ट पार्नु भएको थियो। साथै सभामा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चलन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गर्नु भएको थियो।
संस्थापक तर्फ बाँकी अवधिको लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रदिप कुमार पाठक र सर्वसाधारण तर्फ ३ जना सञ्चालकहरू क्रमशः शिवप्रसाद भट्टराई, आयुषी सापकोटा र पुष्करनाथ भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ।