२०८३ साउन १० आइतबार

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

ई आर्थिक    सोमबार, पौस २८ २०८२
3K
Shares
स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

सर्लाही। मलंगवा नगरपालिका-९ निमगासीस्थित सडकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कौडेना गाउँपालिका-७ सक्रौल बस्ने २३ वर्षीय अर्जुन बरही र ४६ वर्षीय संजय साह रहेका छन् ।

प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एसी २६०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij