डा. युवराज संग्रौला
सत्ताकालागी नागरिकले “आफुलाइ” कसैका पछाडि दगुर्ने अन्धभक्त भिड बनाउनुले देशको पतन हुन सक्छ।”
रास्ट्र सचेत नागरिकको बलमा मात्र अस्तित्वमा रहन्छ। नेपालको बर्तमानले तीन चंगुलको पासो बाट रास्ट्रलाई जोगाउने देशभक्त, बिज्ञ र मौलिक संस्कृतिको पक्षधर अगुवा खोजीरहेको छ।
१. देशको अर्थतन्त्र तीन चंगुलको पासोमा जकेडिएको छ। (१)हाम्रो बर्तमान अर्थतन्त्र थारो गाई बनाइएको छ।औधोगिकरण छैन, त्यसैले देशमा रोजगार पनि छैन। नागरिक रुंदै बिदेशीन बाध्य छ।
देशमा करीब २६ खर्ब रास्ट्र बैंकमा छ। ६७ खर्ब अरु बैंक र बितिय संस्थामा छ। करीब २५ खर्ब बर्सेनि बिदेशबाट रेमिटेन्स आउँछ। तर नागरिक बिरोधि शासकको जत्था यो करीब १०० खर्बको पंजीलाइ पुंजिकृत गर्दैन, अर्थात उत्पादनका क्षेत्र कृषि र उद्धोगमा लगानी गर्दैन।
उद्योग खोल्ने उद्धमिलाइ जुकाले चुसे झैं चुस्छ। उद्धो मास्छ र नागरिक श्रम बिदेशमा बेचेर धन कमाउंछ र भ्रस्टाचार गर्छ। रोजगारबिहिन जनता भातकालागि भौंतारीएको छ। यो पासो नचुंडाइ देश बन्दैन। तर दलहरू “देशको बिकासको योजना होइन नंया र पुरानाको प्रतिस्पर्धामा कुदेका छन निषेध र द्वन्दको खेती गर्दैछ्न। देश उमेरले होइन बिचारले बन्छ। (२) दोस्रो पासो भुराजनिती हो ।
हामी अन्तर्राष्ट्रिय शक्तिको चेपमा फंसेका छौँ। हामिले हाम्रो कुट्नितिला उत्पादनमा लगानी र निर्यातको ब्यापारमा बदल्न सक्नुपर्छ। यो बहस राजनीतिक दलमा छैन । बरु उनीहरु अपबित्र गठबन्धन र एकअर्काको निशेधको राजनीतिमा ब्यस्त छ्न। (३) तेस्रो पासो रेमिटेन्सको हो। देशको युवा श्रम शक्ति निर्यात गरेर शासकहरु उत्पादनको उन्मुलन गरीरहेका छ्न। उनिहरु १५ खर्ब “आयात” गर्छ्न, र भान्सारबाट धन कमाएर भ्रस्टाचार गर्छ्न। युवा श्रम बिदेश पठाएर देशलाई बांझो बनाइ रहेकाछ्न।
२. त्यसैले मैले भनेको हो “उपभोक्तावादी रोजगारबिहिन नेपाली अर्थतन्त्र “थारो गाई हो।”यस्लाइ तत्काल नबदल्ने हो भने रास्ट्रले अस्तित्वको चुनौती सामना गर्नुपर्ने छ।
३. सन २०४० सम्ममा नेपालको जनसंख्यामा “बृद्धहरुको जनसंख्या वा काम गर्न नस्क्नेको जनसंख्या धेरै (१२-१६%) हुनेछ। बर्सेनि १-२ लाख युवा बिदेशमा बंसाइ सर्दैछ। यता सन्तान जन्म दर माइनस (0%) मा पुग्दैछ। २०४० सम्मका १५ बर्षमात्र देशमा युवा श्रम शक्ति प्राप्त छ। तर शासकहरु नागरिक निर्यात गर्ने संझौता मात्र गर्छ्न। देशको कृषि उत्पादनलाई आधुनिक बनाउने, कृषिमा स्वनिर्भर हुने र कृषिमा आधारित उद्धोगको प्रबर्द्धन गर्ने पक्षमा दलहरूका योजना छैनन। पुरानाका थिएनन नै नंयाका पनि छैनन।
निर्वाचन आएको छ। तर यो देशलाइ “रोजगारहिन अर्थतन्त्र” समाप्त गरेर भुराजनिती र रेमिटेन्सको पासोबाट कसरी जोगाउने हो भन्ने बहस कतै छैन।सबै दल सत्ताको सपना मात्र देखिरहेका छ्न। देशको धनजति थारो अर्थतन्त्रले २ दर्जन ब्यापारीका हातमा सुम्पेको छ।
उनीहरुको कुत्सित संबन्ध “पुराना र नंया” राजनीतिक दल संग छ। आमाबाबू पुराना संङ्ग छ्न, छोराछोरी नंया संङ्ग छ्न। आर्थिक असमानता बिकराल बनेको छ। ३-५% धनि र नेताका गोजिमा सबै धन थुप्रीएको छ। नागरिक झनझन गरीब हुंदैछ्न। गरीब नागरिकका युवा सन्तान देश छोडेर भाग्दैछ्न । त्यसैले
१. रास्ट्रलाइ कृषि र उद्धोगको बाटो देखाउने बिज्ञहरुलाइ संसदमा पुग्न दिनु नागरिकको कर्तव्य हो।
२. बिदेश गएका नेपालीलाई देश फर्काएर “बाबुआमा छोराछोरी नातिनातिनी” संगै बस्ने अवस्था निर्माण गर्नु बर्तमान राजनीतिको चाहाना हो।
३. प्रत्येक पाइलामा गरीबको श्रममा कर लगाएर बिचौलिया पाल्ने अर्थतन्त्रको अन्त गर्नु आजको आवस्यक्ता हो।
४. राजनीतिमा आध्यात्मको जग निर्माण गर्नु आजको आवस्यक्ता हो।