२०८३ असोज २ शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार

ई आर्थिक    आइतबार, पौस २७ २०८२
2.8K
Shares
सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको भाउ फेरि बढेको छ। आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्यमा पनि उल्लेख्य बढोत्तरी देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला २१० रुपैयाँले बढेर ४ हजार ९९० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।

यससँगै चाँदीले यसअघि पुस २३ गते कायम भएको उच्च मूल्यलाई उछिन्दै नयाँ कीर्तिमान बनाएको छ। पुस २३ गते चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij