२०८३ साउन ११ सोमबार

विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि, मंसिरमा भित्रियो १ खर्ब ८३ अर्ब रेमिट्यान्स

ई आर्थिक    शुक्रबार, पौस २५ २०८२
2.7K
Shares
विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि, मंसिरमा भित्रियो १ खर्ब ८३ अर्ब रेमिट्यान्स

काठमाडौँ ।  आर्थिक वर्ष २०८२/ ८३ को पाँच महिनामा नेपालको विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई रु. ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले मात्र बढेको थियो।

२०८२ मङ्सिर महिनामा मात्र विप्रेषण आप्रवाह रु. १ खर्ब ८३ अर्ब १८ करोड पुगेको छ, जुन अघिल्लो वर्ष मङ्सिरको सोही महिनाको रु. १ खर्ब १८ अर्ब ७९ करोडको तुलनामा उल्लेखनीय वृद्धि हो।

अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाहमा वृद्धि देखिएको छ। पाँच महिनाको समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले बढेर ६ अर्ब १६ करोड डलर पुगेको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा वृद्धि दर केवल ३.४ प्रतिशत रहेको थियो।

खुद द्वितीय आय (खुद ट्रान्सफर) मा पनि सकारात्मक वृद्धि देखिएको छ। यस अवधिमा यो आय रु. ९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु. ७०० अर्ब ४३ करोडभन्दा बढी हो।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या पनि सार्वजनिक गरिएको छ। समीक्षा अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या १,७५,५९१ र पुनः स्वीकृति लिनेको संख्या १,६३,९२४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा क्रमशः १,९०,३८४ र १,३५,४२५ रहेको थियो।

विशेषज्ञहरूले यो तथ्यांकलाई नेपालको आर्थिक वृद्धि र वैदेशिक रोजगारीमा सुधारको संकेतको रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij