२०८३ भाद्र २७ शनिबार

कश्मीरा बचत सहकारीको १८ औं वार्षिक सभा सम्पन्न, संस्थाको कुल सम्पत्ति ३४ करोड ५० लाख

ई आर्थिक    बुधबार, पौस १६ २०८२
2.7K
Shares
कश्मीरा बचत सहकारीको १८ औं वार्षिक सभा सम्पन्न, संस्थाको कुल सम्पत्ति ३४ करोड ५० लाख

काठमाडौं । कश्मीरा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

बागबजारमा रहेको कश्मीरा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो।  उद्घाटन संस्थाकी जेष्ठ सदस्यले गरेकी थिइन् ।

सभाको अध्यक्षता संस्थाका अध्यक्ष जयराम तिमिल्सिनाले गरे । उक्त अवसरमा सचिव सुदर्शन अर्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष प्रकाश फुयालले आर्थिक प्रतिवेदन र आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

संस्थाको विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ असार मसान्तसम्म शेयर पुँजी करिब २ करोड ७६ लाख, विभिन्न कोषहरूमा २ करोड २१ लाख, र बचत संकलन २० करोड ३५ लाख पुगेको छ।

यस अवधिमा विभिन्न शीर्षकमा ३३ करोड ३५ लाख बराबरको ऋण लगानी गरिएको थियो। साथै, संस्थाले बाह्य ऋण पनि लिएर सदस्यहरूसम्म ऋणको पहुँच पुर्‍याएको छ। असार मसान्तसम्म संस्थाले करिब ९ करोड रुपैयाँको बाह्य ऋण लिएको थियो।

सभामा संस्थाको कुल सम्पत्ति ३४ करोड ५० लाख पुगेको जानकारी दिइएको थियो। यस अवसरमा विभिन्न विधामा सक्रिय सदस्यहरूलाई सम्मान पनि गरिएको थियो।

संस्थाले सदस्यहरूको आवश्यकताअनुसार विभिन्न बचत योजना सञ्चालनमा ल्याएको छ, जस्तै कश्मीरा बचत, घर खर्च बचत, सुपर बचत, खुत्रुके बचत, कश्मीरा विशेष बचत, कश्मीरा कल बचत, साधारण बचत, पारिवारिक बचत, र कश्मीरा मासिक बचत।

संस्था सहकारी मूल्य र सिद्धान्तमा आधारित रहेर सञ्चालन भइरहेको र सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उदेश्यले काम गर्दै आएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij