काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको हो। सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा किनबेच भएको थियो।
यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुग्दै प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ, जुन सोमबारको तुलनामा ३ सय ५ रुपैयाँ कम हो। सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य मानिएको छ।