२०८३ साउन ११ सोमबार

चाँदी आयातमा उद्योगहरूलाई मासिक २० लाख डलर, व्यवसायीलाई ४ लाख डलर सटही सुविधा

ई आर्थिक    आइतबार, पौस १३ २०८२
3K
Shares
चाँदी आयातमा उद्योगहरूलाई मासिक २० लाख डलर, व्यवसायीलाई ४ लाख डलर सटही सुविधा

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धी एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै सुनचाँदी व्यवसायीहरूको लागि आयात र निकासी सुविधा सम्बन्धी नयाँ नियम जारी गरेको छ।

संशोधन अनुसार, चाँदीका गरगहना, कलात्मक वस्तु तथा भांडाकुंडा बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा चाँदी आयातका लागि एक पटक  महिनामा उद्योगले २० लाख अमेरिकी डलर र अन्य व्यवसायीले चार लाख अमेरिकी डलर बराबर सटही सुविधा पाउने जनाएको हो ।

यसअघि उद्योगले एकपटकमा पाँच लाख र अन्य व्यवसायीले एक लाख अमेरिकी डलर बराबरको चाँदी आयातका लागि मुद्रा सटही सुविधा पाउने गरेका थिए । राष्ट्र बैंकले नयाँ व्यवस्थामार्फत मासिक कोटा तोकिदिएको हो ।

साथै, चाँदीको गरगहना वा कलात्मक वस्तु निर्यात गर्ने व्यवसायीले अग्रिम भुक्तानी, प्रतीतपत्र वा विदेशबाट खरिद आदेश अनुसार आयात गर्दा छुट्टै सटही सुविधा पाउनेछन्। यसका लागि नियममा उल्लिखित आयात सीमा लागू हुने छैन।

सम्बन्धित वाणिज्य बैंकहरूले हरेक सटही सुविधा प्रदान गर्दा पूर्वमा प्रदान गरिएका सुविधाहरूको जानकारी सुनिश्चित गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

नेपाल राष्ट्र बैंकले यो कदम विदेशी विनिमय कारोबारलाई व्यवस्थित बनाउने र सुनचाँदी व्यवसायलाई सहज बनाउने उद्देश्यले जारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij