कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार बिहान पोखरा–मुग्लिन सडक खण्डअन्तर्गत निर्माणाधीन सेती पुलको निरीक्षण गरेका छन् ।
पोखरा आवत–जावतका क्रममा सवारी साधन अत्यधिक थुप्रिने साँघुरो बोटलनेकका रूपमा परिचित उक्त स्थानमा निर्माण भइरहेको पुलको हालसम्म ५४ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न निर्माण पक्षलाई तीव्रता दिन निर्देशन दिए।
उनले सेती पुल पूरा भएपछि पोखरा–मुग्लिन सडक खण्डको यातायात व्यवस्थापन सहज भई सवारी जामको समस्या कम हुने विश्वास व्यक्त गरे।
पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रको सडक सुरक्षा र आवागमन क्षमतामा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
