ई–आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।
सुन आज एकैदिन तोलामा १३ सयले बढेर हालसम्मकै उच्च रेकर्ड बनाएको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुनको मूल्य २ लाख ६९ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि हालसम्मै उच्च भएको छ ।
आज चाँदीको मूल्य पनि तोलाको २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ ।
शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।