२०८३ साउन १२ मंगलबार

एन आई सी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त, गभर्नर पौडेलसमक्ष लिए सपथ

ई आर्थिक    बिहिबार, पौस १० २०८२
2.3K
Shares
एन आई सी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त, गभर्नर पौडेलसमक्ष लिए सपथ

काठमाडौं ।  एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।

नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगाल्नु भएका अशोक कुमार अग्रवाल यस बैंकको अध्यक्ष पदमा नियुक्त भएका हुन् ।

पुस ९  गते  बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले आजकै मितिदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालले  आजै नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण लिए ।

बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त वहाँले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्‍याएका छन् ।

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्नुहुने वहाँको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाई प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्‍याउने दृढ विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij