२०८३ असोज २ शुक्रबार

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु, एक अर्ब २१ करोड रुपैयाँको लागत

ई आर्थिक    बिहिबार, पौस १० २०८२
2.1K
Shares
मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु, एक अर्ब २१ करोड रुपैयाँको लागत

तनहुँ।  मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको दुईतर्फ जोड्ने पहुँच सडक निर्माण सुरु गरिएको छ।

चार लेनको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। पुल जोड्न पहुँच सडक पनि निर्माण सुरु गरिएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

पहुँच सडक निर्माणका लागि व्यास-४ तर्फ केही घरटहरा हटाउनुपर्ने र व्यास-५ तर्फ सडक डिभिजन कार्यालय स्थानान्तरण गर्नुपर्ने देखिन्छ। पुल निर्माणको जिम्मा पाएको अन्नक जेडआईटी जेभीले चार लेनको पुलको काम ७४ प्रतिशत सम्पन्न भएको जनाएको छ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेकामा गत भदौ २१ गते ठेक्का म्याद सकिएपछि पुनः आगामी असार १९ गतेसम्मका लागि म्याद थप भएको छ।

भ्याटसहित एक अर्ब २१ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्क्ट्रक्चर भएको नेपालकै पहिलो पुल हुने जनाइएको छ। पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ।

हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ। सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij