२०८३ साउन १२ मंगलबार

युरेसियन आर्थिक संघसँग सहकार्य अझ सशक्त बनाउने रुसको प्रतिबद्धता

ई आर्थिक    सोमबार, पौस ७ २०८२
3.8K
Shares
युरेसियन आर्थिक संघसँग सहकार्य अझ सशक्त बनाउने रुसको प्रतिबद्धता

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरेसियन आर्थिक संघ (ईएईयू) का सदस्य राष्ट्रहरूसँगको पारस्परिक लाभमा आधारित सहकार्यलाई उच्च प्राथमिकता दिइएको बताएका छन्।

आपसी सम्बन्ध थप विकास गर्न संयुक्त प्रयास तीव्र बनाउने योजनामा रुस रहेको पनि उनले बताए।

सेन्ट पिटर्सबर्गमा आइतबार सम्पन्न संघको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युरेसियन आर्थिक संघ बहुध्रुवीय विश्वको एक स्वतन्त्र र आत्मनिर्भर केन्द्रका रूपमा स्थापित भइसकेको उल्लेख गरे।

उनले संघभित्रको सहकार्य निरन्तर रूपमा स्थिर प्रगतिमा रहेको उल्लेख गर्दै यसले सदस्य राष्ट्रहरू तथा सम्पूर्ण युरेसियन क्षेत्रको आर्थिक स्थायित्व र सहनशीलता सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताए। विश्वव्यापी आर्थिक अनिश्चितताको पृष्ठभूमिमा यस्तो सहकार्य अझै आवश्यक रहेको उनको धारणा थियो।

बैठकमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले सन् २०२६ मा कजाकस्तानले युरेसियन आर्थिक संघको घुम्ती अध्यक्षता सम्हाल्ने जानकारी दिए। हाल सन् २०२५ का लागि उक्त संघको घुम्ती अध्यक्षता बेलारुससँग छ।

युरेसियन आर्थिक संघका सदस्य राष्ट्रहरूमा आर्मेनिया, बेलारुस, कजाकस्तान, किर्गिस्तान र रुस छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij