२०८३ असोज २ शुक्रबार

मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले गर्‍यो देशव्यापी आन्दोलनको घोषणा, सर्वपक्षीय सरकार गठनको माग

ई आर्थिक    आइतबार, पौस ६ २०८२
2K
Shares
मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले गर्‍यो देशव्यापी आन्दोलनको घोषणा, सर्वपक्षीय सरकार गठनको माग

काठमाडौं ।  मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलि देशभर ‘संयुक्त जेन-जी’ आन्दोलन सञ्चालन गर्ने घोषणा गरेको छ। आज आयोजित एक कार्यक्रममार्फत समूहले आन्दोलनको सुरुवात सार्वजनिक गरेको हो।

ढुंगानाले सबै युवालाई भोलि बिहान ११ बजे माइतीघरमा भेला हुन आह्वान गरेका छन्।

उक्त समूहका अनुसार, भदौ २३-२४ मा भएको आन्दोलन र त्यसले उठाएका मागहरूलाई सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको छ। ढुंगानाले सरकारको कार्यशैलीको आलोचना गर्दै, सय दिन भित्र जनताले महसुस गर्न सक्ने कुनै ठोस कदम नउठाएको बताएका छन्।

उनले कार्की सरकारले जेन-जी आन्दोलनको सार नबुझेको र समग्र युवाको नेतृत्व प्रदान नगरेको भन्दै सर्वपक्षीय सरकार गठनको मागसमेत राखेका छन्। ढुंगानाका अनुसार, सबै पक्षसँग विश्वास कायम गर्न सक्ने नेतृत्व अहिलेको परिस्थितिमा अत्यन्त आवश्यक छ।

आन्दोलन घोषणा कार्यक्रममा रविकिरण हमाललगायत विभिन्न जेन-जी अगुवाहरू उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij