काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्याधिवक्ता सबिता भण्डारी बराललाई संस्थाको सदस्यताबाट निलम्बन गरेको छ।
संस्थाको कार्यसमितिले गरेको निर्णयअनुसार भण्डारीलाई साधारण सदस्यको हैसियतसमेत नरहने गरी निलम्बन गरिएको जनाइएको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अनुसार सार्वजनिक पदमा रहँदै भण्डारीसँग सम्बन्धित विषयमा विवाद उत्पन्न भएपछि संस्थाको निष्पक्षता र विश्वसनीयता कायम राख्न यस्तो निर्णय गरिएको हो।
संस्थाका एक सदस्यले सार्वजनिक पद धारण गरेका व्यक्तिबारे प्रश्न उठेपछि संस्थामाथि कुनै प्रभाव नपरोस् भन्ने उद्देश्यले निलम्बनको कदम चालिएको जानकारी दिए।
महान्याधिवक्ता भण्डारी यसअघि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साधारण सदस्यका रूपमा आबद्ध थिइन्।