२०८३ साउन १० आइतबार

सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम, प्रतितोला दुई लाख ५८ हजार ८०० मा कारोबार हुँदै

ई आर्थिक    आइतबार, मंसिर २८ २०८२
3.9K
Shares
सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम, प्रतितोला दुई लाख ५८ हजार ८०० मा कारोबार हुँदै

काठमाडौं । सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । स्थानीय बजारमा साताको पहिलो दिन आज सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेर कारोबार भइरहेको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै चाँदी तीन हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने घटेको छ । यसअघि चाँदी तीन हजार ९०५ रुपैयाँ पुगेको थियो ।

यसरी सुन तोलामा १६ सय रुपैयाँ बढेको छ भने चाँदी ८० रुपैयाँ घटेको महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij