२०८३ साउन १२ मंगलबार

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाख रुपैयाँको क्षति

ई आर्थिक    शुक्रबार, मंसिर २६ २०८२
1.4K
Shares
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाख रुपैयाँको क्षति

दाङ । दाङको राप्ती गाउँपालिका-२, पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण ६७ लाख रुपैयाँबराबरकोे क्षति भएको छ।

आज बिहान भएको आगालागीका कारण एउटा ट्रस्ट भवनसहित ठूला-साना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट हुँदा ६७ लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

आगलागीका कारण फोहर व्यवस्थापनका लागि बनाइएको घरसमेत जलेको छ। यसअघि राप्ती गाउँपालिकाले साेही स्थानमा फोहर व्यवस्थापन गर्दै आएको थियो।

गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजरको सहयोगमा करिब दुई घण्टामा आगो निभाइएको थियो। आगलागीको कारण पहिचान हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij