२०८३ साउन १० आइतबार

बैंक तथा वित्तीय क्षेत्रहरुमा राष्ट्र बैंकले ४ अर्ब ३५ करोड लगानी गर्ने

ई आर्थिक    आइतबार, मंसिर २१ २०८२
1.7K
Shares
बैंक तथा वित्तीय क्षेत्रहरुमा राष्ट्र बैंकले ४ अर्ब ३५ करोड लगानी गर्ने

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न बजारमा ४ अर्ब ३५ करोड रुपैयाँ प्रवाह गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ४ अर्ब ३५  करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको सूचनामार्फत जानकारी दिएको छ ।

केन्द्रीय बैंकले कुल रकममध्ये क वर्गको वाणिज्य बैंकमा ३ अर्ब ४८ करोड रुपैयाँ लगानी गर्ने छ भने ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा ६५ करोड २५ लाख रुपैयाँ लगानी सूचनामा उल्लेख गरेको छ साथै ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २१ करोड ७५ लाख निक्षेप लगानी गर्ने भएको छ।

राष्ट्र बैंकको सूचना अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो ।

सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले मंसिर २४ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। मुद्दती निक्षेपमा २०२५ डिसेम्बर १४  देखि २०२६ डिसेम्बर १४ सम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दियो ।

बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत शर्त राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij