२०८३ असोज १ बिहिबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    बुधबार, मंसिर १७ २०८२
3.6K
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

ई- आर्थिक, काठमाडौं ।  नेपाली बजारमा सुनचाँदिको मूल्य फेरि उक्लिएको छ। निरन्तर उतार–चढाव भइरहे पनि यस दिन सुन र चाँदी दुवैको दरमा उल्लेखनीय वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ५४ हजार १ सय रुपैयाँ पुगेको छ। मंगलबार यो दर २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो।

उता, चाँदीको मूल्य पनि झन् तीव्र गतिमा बढ्दै नयाँ उचाइमा पुगेको छ। बुधबार चाँदी तोलामा ११० रुपैयाँले महँगो भई ३ हजार ६५५ रुपैयाँ मा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य ३ हजार ५४५ रुपैयाँ थियो।

हालैका दिनमा चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेकाले बजारमा यसको माग तथा व्यापारिक चलायमानतामा पनि प्रभाव परेको देखिन्छ। बुधबारको वृद्धि लगत्तै चाँदीले पछिल्ला सबै रेकर्ड तोड्दै नयाँ मूल्य स्तर कायम गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij