२०८३ साउन ११ सोमबार

चार महिनामै निर्जीवन बीमा शुल्क १२.४२ प्रतिशतले वृद्धि, १५ अर्ब ८४ करोड बीमा शुल्क आर्जन

ई आर्थिक    मंगलबार, मंसिर १६ २०८२
1.5K
Shares
चार महिनामै निर्जीवन बीमा शुल्क १२.४२ प्रतिशतले वृद्धि, १५ अर्ब ८४ करोड बीमा शुल्क आर्जन

काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा (कात्तिक मसान्तसम्म) निर्जीवन बीमा क्षेत्रको कारोबार उल्लेखनीय रूपमा बढेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीहरूले यस अवधिमा कुल १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्, जुन गत वर्षको समान अवधिको १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँभन्दा १२.४२ प्रतिशतले बढी हो।

यो अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ०.३८ प्रतिशत वृद्धीसहित १ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क उठाउँदै सबैभन्दा अगाडि रह्यो। दोस्रो स्थानमा शिखर इन्स्योरेन्स रह्यो, जसले २३.२८ प्रतिशत वृद्धि गर्दै १ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ कारोबार गर्‍यो। त्यस्तै, ३९.६६ प्रतिशतको उच्च वृद्धि हासिल गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्स १ अर्ब ६० करोड रुपैयाँ बीमाशुल्कसहित तेस्रो स्थानमा उभिएको छ।

अन्य कम्पनीमध्ये एनएलजी इन्स्योरेन्सले ३४.१ प्रतिशत वृद्धि गरी १ अर्ब २६ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५.८२ प्रतिशत वृद्धि गर्दै १ अर्ब ५४ करोड, आइजीआई प्रुडेन्सियलले १२.२२ प्रतिशत वृद्धि गर्दै १ अर्ब २७ करोड, नेको इन्स्योरेन्सले ०.३९ प्रतिशत घटेर १ अर्ब १४ करोड, युनाइटेड अजोडले २७.८० प्रतिशत वृद्धि गर्दै १ अर्ब ७ करोड र सानिमा जिआइसीले ३० प्रतिशत वृद्धि गर्दै १ अर्ब २ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

त्यस्तै, द ओरियन्टलले ९२ करोड, नेपाल इन्स्योरेन्सले ८६ करोड, प्रभु इन्स्योरेन्सले ६५ करोड, नेशनल इन्स्योरेन्सले ५० करोड र राष्ट्रिय बीमा कम्पनीले ४३ करोड रुपैयाँ संकलन गरेका छन्।

चार महिनामै निर्जीवन बीमा व्यवसायले १५ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गर्नु क्षेत्रका लागि सकारात्मक सूचक मानिएको छ। कुल कारोबारका आधारमा सगरमाथा लुम्बिनी, शिखर र हिमालयन एभरेष्ट क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij