२०८३ साउन १२ मंगलबार

वाणिज्य बैंकको कार्यशैलीप्रति गभर्नर पौडेल असन्तुष्ट, सुधारका लागि सीईओहरूसँग छलफल गर्ने

ई आर्थिक    मंगलबार, मंसिर १६ २०८२
2.1K
Shares
वाणिज्य बैंकको कार्यशैलीप्रति गभर्नर पौडेल असन्तुष्ट, सुधारका लागि सीईओहरूसँग छलफल गर्ने

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले वाणिज्य बैंकहरूको कार्यशैली राष्ट्रिय आवश्यकता, मौद्रिक नीति र बैंकका सेवासँग समन्वित नहुँदा असन्तोष व्यक्त गरेका छन्।

नेपाल आर्थिक पत्रकार समाजको वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर पौडेलले देखिएका समस्याको समाधानका लागि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग शीघ्र छलफल गरिने जानकारी दिए। उनका अनुसार बैंकहरूको असमन्वित कार्यशैलीका कारण नाफा कमाउने क्षमता समेत कमजोर बन्दै गएको छ।

गभर्नरले शाखा विस्तारको मोडलमा समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै व्यवस्थापक र सीईओहरूले थप जिम्मेवारीसहित प्रभावकारी ढंगले काम गर्न आवश्यक रहेको बताए। उनले केन्द्रीय बैंकले प्रदान गरेको स्वतन्त्रताको उचित उपयोग गर्न बैंक व्यवस्थापनलाई सुझाव पनि दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij