काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १,००० दरका ४३ करोड थान नयाँ बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि चिनियाँ कम्पनीसँग करार सम्झौता भएको जनाएको छ।
२०७२/०५/१० (२६ अगस्ट २०२५) मा राष्ट्रिय दैनिक The Rising Nepal तथा बैंकको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो। प्राप्त बोलपत्रमध्ये सबैभन्दा कम मूल्याङ्कनमा सारभूत रूपमा प्रभावकारी ठहरिएका China Banknote Printing and Minting Corporation, Beijing, China सँग मंसिर १९ (२७ नोभेम्बर २०२५) मा सम्झौता गरिएको हो।
करार रकम अमेरिकी डलर १६,९८५,००० (करीब सोलह मिलियन नौ सय पचासी हजार डलर) निर्धारण गरिएको छ।
बैंकले सार्वजनिक खरिद नियमावली, २०६४ (चौधौँ संशोधन २०८१) को दफा १३७ तथा नोट छपाइ तथा सिक्का टकमरी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ समावेश) को दफा ५४ बमोजिम प्रक्रिया सम्पन्न गरिएको स्पष्ट गरेको छ।
राष्ट्र बैंकले सर्वसाधारणकै जानकारीका लागि सूचना सार्वजनिक गरिएको जनाएको छ।
