२०८३ साउन १० आइतबार

सामाजिक सुरक्षा कोषको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाऔं : अध्यक्ष ढकाल

ई आर्थिक    बिहिबार, मंसिर ११ २०८२
2.4K
Shares
सामाजिक सुरक्षा कोषको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाऔं : अध्यक्ष ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्नेमा जोड दिएका छन्। हालसम्म कोषमा ९५ अर्ब ६८ करोड रुपैयाँ संकलन भइसकेको छ।

ढकालले कोषको रकम सुरक्षित, दिगो र प्रतिफलमुखी रूपमा लगानी गर्नुपर्ने, औपचारिक श्रम बजार विस्तार, सुरक्षित कार्यस्थल निर्माण र त्रिपक्षीय सहकार्य सुदृढ गर्न यसलाई प्रयोग गर्न सकिने बताए। उनले डिजिटल सेवा विस्तार, लघु–साना उद्योगमा बोझ कम गर्ने र स्वरोजगार तथा अनौपचारिक श्रमिकलाई प्रणालीमा जोड्ने पहल आवश्यक भएको पनि औंल्याए।

अध्यक्ष ढकालले प्रणाली आधुनिकीकरण, स्पष्ट योगदान दर र दर्ता प्रक्रिया, पारदर्शी लगानी संरचना तथा श्रमिकले प्रत्यक्ष लाभ महसुस गर्न सक्ने उपायमा ध्यान दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij