२०८३ कार्तिक १७ सोमबार

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले लिए नाम फिर्ता

ई आर्थिक    सोमबार, कार्तिक १७ २०८३
304
Shares
जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले लिए नाम फिर्ता

काठमाडौं । जापानका लागि नेपालको प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्।

स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सम्बन्धी प्रश्न उठेपछि उनले राजदूत नियुक्तिका लागि दिएको आफ्नो नाम फिर्ता लिने निर्णय गरेका हुन्।

सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाले नाम फिर्ता लिएको जानकारी गराएका हुन्।

सभापति श्रेष्ठका अनुसार थापाले आफूविरुद्ध उठेको स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्नलाई ध्यानमा राख्दै समितिलाई नाम फिर्ता लिने जानकारी गराएका थिए।

थापाको व्यक्तिगत तथा व्यावसायिक पृष्ठभूमि राम्रो भए पनि स्वार्थको द्वन्द्वको विषय उठेपछि उनले यस्तो निर्णय लिएको सभापति श्रेष्ठले बैठकमा बताएका थिए।

थापाले आफूलाई कानुनी रूपमा राजदूत बन्न कुनै बाधा नरहेको भए पनि व्यक्तिगत विषयसमेत जोडिएकाले नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराएको सभापति श्रेष्ठले बताए।

संसदीय सुनुवाइका क्रममा थापाको परिवार हाल जापानको स्थायी बासिन्दा रहेको विषयलाई लिएर समितिका सदस्यहरूले प्रश्न उठाएका थिए।

परिवारको जापानमा स्थायी बसोबास र प्रस्तावित राजदूतको जिम्मेवारीबीच स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै सांसदहरूले चासो व्यक्त गरेका थिए।
सोही विषयमा उठेका प्रश्नपछि थापाले राजदूतका लागि आफ्नो नाम फिर्ता लिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij