२०८३ भाद्र २९ सोमबार

एनआईसी एशिया बैंकका ग्राहकले ‘काइरोप्याटरिक एण्ड म्यानुअल थेरापी सेन्टर’मा १० प्रतिशत छुट पाउने

ई आर्थिक    आइतबार, मंसिर ७ २०८२
3.5K
Shares
एनआईसी एशिया बैंकका ग्राहकले ‘काइरोप्याटरिक एण्ड म्यानुअल थेरापी सेन्टर’मा १० प्रतिशत छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काइरोप्याटरिक एण्ड म्यानुअल थेरापी सेन्टरमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्झौता बैंक र थेरापी सेन्टरबीच सम्पन्न भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले बालुवाटार, त्रिपुरेश्वर (काठमाडौं) तथा बुटवलस्थित सेन्टरका शाखाहरूमा सेवा प्राप्त गरी डिजिटल भुक्तानी गरेमा १० प्रतिशत छुट पाउनेछन्।

ग्राहकहरूले यो सुविधाको लाभ लिन बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्नेछ।

बैंकले उक्त सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य सेवामा पहुँच सहज बनाउने तथा देशभर डिजिटल भुक्तानी प्रणालीलाई थप प्रोत्साहन दिने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij