काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही कारोबार गर्ने दुई कम्पनीको लाइसेन्स रद्द गरेको छ। रद्द गरिएका कम्पनीहरू हुन् – लर्ड बुद्ध मनी एक्सचेन्ज प्रालि र स्तूपा मनी चेन्जर प्रालि।
राष्ट्र बैंकका अनुसार, मनी चेन्जर व्यवसाय गर्न अनुमति पाउने कम्पनीहरूले आफ्नो लाइसेन्स म्याद सकिएको तीन महिनाभित्र नवीकरण नगरेको हुँदा केन्द्रीय बैंकले इजाजतपत्र रद्द गरेको हो।
विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सूचनामा भनिएको छ कि, नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को नियम १९ को उप-विनियम ३ अनुसार, समयसीमा भित्र नवीकरण नगरेको कम्पनीको इजाजतपत्र रद्द हुने व्यवस्था रहेको छ।
