२०८३ भाद्र २९ सोमबार

बीमा कम्पनीहरूको नगद मौज्दात र लगानी वृद्धि, ३७ अर्ब ७७ करोड नगद मौज्दात

ई आर्थिक    शुक्रबार, मंसिर ५ २०८२
1.4K
Shares
बीमा कम्पनीहरूको नगद मौज्दात र लगानी वृद्धि, ३७ अर्ब ७७ करोड नगद मौज्दात

ई-आर्थिक, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार बीमा कम्पनीहरूको बैंक तथा वित्तीय संस्थाहरुमा  नगद मौज्दात ३७ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा झण्डै ६५ प्रतिशत वृद्धि हो।
गत वर्ष (२०८०/८१) मौज्दात २२ अर्ब ९० करोड रुपैयाँ थियो, जसमा पनि ठूलो वृद्धि देखिएको थियो।

लगानीतर्फ कम्पनीहरूले १३ प्रतिशतले रकम बढाउँदै करिब ९ खर्ब ३४ अर्ब रुपैयाँ लगानी गरेका छन्। बीमा प्राधिकरणले जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीका लागि तोकेको सीमाभित्र रहेर लगानी गर्नुपर्ने व्यवस्था छ।

स्थिर सम्पत्ति १४ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ भने अन्य सम्पत्ति एक खर्ब ७ अर्ब रुपैयाँ रहेको छ। जगेडा कोष भने ५ प्रतिशत घटेर ७८ अर्ब ५८ करोड रुपैयाँमा सीमित भएको छ। अन्य दायित्व १९ प्रतिशतले बढ्दै करिब ९ खर्ब १६ अर्ब रुपैयाँ भएको छ।

देशभर हाल १४ जीवन, १४ निर्जीवन, ७ लघु तथा २ पुनर्बीमा कम्पनी सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij