काठमाडौं । नेपाल राष्ट्र बैंकले चिनियाँ कम्पनी एम/एस चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिण्टिङ कर्पोरेसन लाई नेपाली रुपैयाँ १००० दरका नोट छपाइको ठेक्का पाएको छ ।
राष्ट्र बैंकले उक्त कम्पनीलाई पठाएको “ठेक्का प्रदान गर्ने मनसाय पत्र (Letter of Intent to Award the Contract)” अनुसार ४३ करोड थान (४३० मिलियन पीस) रुपैयाँ १००० का नोट डिजाइन, मुद्रण, आपूर्ति र डेलिभरी गर्ने जिम्मेवारी सो कम्पनीलाई दिने निर्णय गरिएको छ।
ठेक्काको कुल मूल्य अमेरिकी डलर १६,९८५,००० (१६ मिलियन ९८५ हजार डलर) रहनेछ, जुन हालको विनिमय दरअनुसार करिब २३ अर्ब रुपैयाँभन्दा बढी बराबर पर्छ।
राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (IFB No. NRB/CMD/ICB/G-021/082-83) मार्फत बोलपत्र आह्वान गरेको थियो। मूल्यांकनका क्रममा चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिण्टिङ कर्पोरेसनको प्रस्तावलाई “सबैभन्दा न्यून मूल्य र प्राविधिक रूपमा योग्य” ठहर गर्दै ठेक्का प्रदान गर्ने निर्णय गरिएको हो।
प्रतिलिपि ओबर्थुर फिडुसियर एस/एस, फ्रान्स कम्पनीलाइ पनि पठाइएको छ, जसले समेत प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागिता जनाएको थियो।
उक्त कम्पनीले यसअघि पनि १० रुपैयाँ, २० रुपैयाँ, १०० रुपैयाँ र ५० रुपैयाँका नोट छाप्ने जिम्मा पनि यही कम्पनीले हात पारेको थियो।
